‘एलियन्स’ बनाउँदै निर्देशक गौतम

काठमाडौं– विगत एक दशक देखि निरन्तर कला क्षेत्रमा सकृय रहदै आएका निर्देशक लोकनाथ गौतमलाई सिने नगरीमा एल.एन. गौतमको नामले पनि चिनिन्छ । विभिन्न संघ, संस्थामा आवद्ध गौतम शुभकामना म्युजिक कम्पनिका प्रबन्धक निर्देशक हुन् । नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने बुझेका निर्देशक लोकनाथ गौतमले आफ्नो चलचित्रलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदाय माझ पुराउने मनस्थिति बनाएका छन् । थोरै चलचित्र गरेर धेरै चर्चा बटुल्न सफल निर्देशक गौतमले निर्देशन गरेका ‘रोमान्स’ र ‘लभ इज लाईफ’ ले विभिन्न अवार्ड पाएको थियो ।

‘रोमान्स’ र ‘लभ इज लाइफ’ निर्देशन गरेर चर्चा बटुल्न सफल निर्देशक लोकनाथ गौतम यतिबेला अर्को चलचित्र निर्माणमा जुटेका छन् । दुई वर्षको अध्ययन पश्चात हालैमात्र आफ्नो चलचित्रको स्क्रिप्ट तयार भएको कुरा निर्देशक गौतमले जानकारी गराएका छन् । चलचित्रको स्क्रिप्ट गहन र फरक विषय भएको कारण निर्देशक गौतम यतिबेला पात्र चयन र लोकेशनका लागि डौडधुप गरिरहेका छन् । ठूलो बजेटमा चलचित्र बनाउँदा जोखिम बढी हुने कुरा बुझेका निर्देशक गौतम भन्छन् ‘समय संगसंगै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुराउन पनि उच्च प्राविधिक र उत्कृष्ट मेकिङ्ग आवश्यक पर्ने हुँदा लागत बढ्नु स्वभाविक हो ।’

महंगो भन्दा पनि स्तरिय चलचित्र बन्नु पर्छ भन्ने मान्यताका निर्देशक हुन लोकनाथ गौतम । उनको निर्देशनमा बन्ने पछिल्लो चलचित्रमा महंगो धनराशी खर्च हुने बताए । चलचित्रको नाम ‘एलियन्स’ रहेको छ जुन चलचित्रमा एनिमेशनको दृश्य बढी रहने निर्देशक गौतमले बताए । चलचित्रमा अत्याधिक भि.एफ.एक्श.को काम भएको हुँदा नयाँ प्रविधिसँगै प्राविधिक पनि भारतबाटै लयाउनु पर्ने तर्क निर्देशक लोकनाथ गौतमको छ । नेपालमा पहिलो चोटी यति धेरै रकममा चलचित्र बन्न लागेको र यो चलचित्र झण्डै दश करोडको बजेटमा तयार हुने निर्देशक गौतमले बताए ।

You May Also Like